भरतपुरको च्यातिएका मतपत्र काठमाडौं अाइपुग्याे

भरतपुरको च्यातिएका मतपत्र काठमाडौं अाइपुग्याे

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

चितवन १३ असार ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को च्यातिएको मतपत्र काठमाडौ ल्याइएकाे छ । मतगणनाका क्रममा च्यातिएको मतपत्र सर्वोच्च अदालतमा पेश गर्नका लागि काठमाडौं पठाइएको हो ।

सिल गरिएको मतपत्रलाई राजैतिक दलका प्रमुख र उम्मेदवारको रोहवरमा मतपेटिकामा सिल गरेर जहाजमार्फत काठमाडौं पठाइएको छ ।   मतपत्र लिएर मुख्यनिर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, साहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे, प्रहरी नायव निरीक्षक गोविन्द श्रेष्ठ काठमाडौ गएका हुन् ।

यसअघि सिलबन्दी गरिएको मतपत्रलाई सुरक्षित तरिकाले मतपेटिकामा राखेर पठाएको चितवनका एसपी दिपक थापाले बताउनुभयो । मतपेटिकामा पाँच वटा सिल लगाईएको छ ।

मतपत्र पठाउँदा जिल्लाका राजनीतिक दलका नेता विमानस्थलसम्म पुगेका थिए । गत जेठ १४ गते राति मतगणना चलिरहँदा मतपत्र च्यातिएको थियो । पुनमतदान कि मतगणना भन्ने विषयको वहस सर्वोच्च अदालतमा रहेको छ । सर्वोच्चले च्यातिएको ९० मतपत्र झिकाउन आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ