कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक संगीत क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक बिष्णु खत्री र अर्की चर्चित गायिका जुना श्रीसको सुमधुर आवाजमा अत्यन्तै मौलिक पन्चेबाजा गीत “धौलागिरीको”बजारमा आएको छ।खत्रीले गएका अधिकांश गीतहरु मौलिक गीतकै रुपमा हेर्न सकिन्छ ।पछिल्लो पटक आफ्नै युटुब च्यानल मार्फत “धौलागिरीको”बजारमा ल्याएका हुन् ।
बाग्लुङ्ग जिल्ला को गल्कोट मा जन्मेका , राष्ट्रिय तथा अन्तराष्ट्रिय संगीत जगतमा ख्याति कमाउन सफल लोकप्रिय गायक बिष्णु खत्रीले आफ्नो युटुब च्यानल मार्फत नया पन्चे बाजाको गीत “धौलागिरीको” सार्वाजनिक गरेका छन् ।
आफुले पहिले देखि नै पन्चेबाजा का गीतहरु बजारमा लियर आयको र दर्सक श्रोता ले मन परायको हुदा यो गीतलाई पनि मनपराउने मा आफु ढुक्क भएको गायक खत्रीको भनाइ छ ।
दुना टपरी,धरो धर्म सत्य ,राखेर सिर मा हात ,लगायत दर्जनौ पन्चेबाजा का गित खत्रीको आवाजमा बजार मा आइसकेका छन् यस गीतमा स्वर मा खत्रीलाइ जुना श्रीस मगरले साथ् दिएकी छन् भने शब्द र संगीत पनि गाएक खत्रीकै रहेको छ । बिष्णु खत्री र हस्त केसीबाट निर्देशित यस गीतको भिडियो, सुमधुर संगीत प्रा.लि. ले बजारमा ल्याएको हो।
भिडियो हेर्नुहोस :
[youtube https://www.youtube.com/watch?v=q-E89m7AN-E]