सुनसरी , १२ असार ।
नेकपा एमालेका धरान उपमहानगरपालिकाका मेयर उम्मेदवार तारा सुब्बाको घरमा आज बिहान बम बिस्फोट भएको छ ।
धरान १७ मंगलबजार स्थित सुब्बाको घरमा बिहान अज्ञात समूहहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।
बिहान ७ बजे तिर हिड्दै आएका दुई जना युवाले बम प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
बिस्फोटबाट कुनै क्षति भने नभएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
यस्तै इटहरी उपमहानगरपालिकाका माओवादी केन्द्रका तर्फबाट उपमेयका उमेदवार सागर सुबेदिको घरमा पनि बम फेला परेको छ ।
आज्ञात समुहले राखेको बम आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रीय पारेको थियो ।
निर्वाचन आउनु अघिदेखि नै सेना परिचालन गरेर सुरक्षा ब्यावस्था मजबुत पारेको बताईएपनि निर्वाचन पूर्वसन्ध्यामा बम उम्मेदवारकै घरमा बम बिस्फोट हुन थालेपछि मतदाता त्रसित बन्न थालेका छन् ।