आइतवार रातिबाट मौन अवाधि सुरु

आइतवार रातिबाट मौन अवाधि सुरु

  • सोमवार, असार १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ १२ असार ।
आगामी बुधबार तीन प्रदेशमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आईतवारबाट मौन अवधि शुरु भएको छ । मौन अवाधि सुरु भएसँगै चुनावी प्रचार प्रसारका सम्पूर्ण गतिविधि निषेध गरिएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा हुने निर्वाचनका लागि गएराति १२ बजेपछि मौन अवधि सुरु भएको हो । मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधिका रुपमा लिइएको छ ।

मौन अवधि सुरु भएपछि मतदान कार्य सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले किसिमको प्रचार गर्न नहुने निर्देशिकामा उल्लेख छ ।

निर्वाचनको मौन अवधिमा फेसबुक ट्विटर लगायत कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचारप्रसार गर्न नहुने जनाउँदै निर्वाचन आयोगले त्यस्ता प्रचार प्रसारका क्रियाकलाप नगर्न र मौन अवधिको पूर्ण पालना गर्न सबै पक्षसँग आग्रह गरेको छ ।

मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचारप्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिमाथि हदैसम्मको कारबाही हुने आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ