निर्वाचन अाउनु महिनादिन अघिदेखि सेना सडकमा , अाज बल्ल दिइन्र राष्ट्रपतिले सेना परिचालनको स्वीकृति

निर्वाचन अाउनु महिनादिन अघिदेखि सेना सडकमा , अाज बल्ल दिइन्र राष्ट्रपतिले सेना परिचालनको स्वीकृति

  • आइतवार, असार ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडाै, ११ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही असार ८ गतेको निर्णय र सोही दिनको प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिनुभएको हो ।

उक्त निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरु एकीकृत तथा समयन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले असार ७ गते सिफारिस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तर निर्वाचन हुने पूर्वका क्षाेत्रहरूमा एक महिना अघिबाट नै सेना हतियार सहित सडकमा निस्कीएकाे थियाे । सुनसरी , माेरङ लगायतका क्षाेत्रमा महिना दिन अघिदेखि सेनाले गस्ती गर्नुका साथै सुनसरीका पहाडि क्षाेत्रमा मतदान केन्द्रमा नै अस्थाइ क्याम्प खडा गरेर सेना बसिरहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ