पश्चिममा जस्तै पूर्वमा पनि एमालेको त्यस्तै लहर चल्छः नेता खनाल

पश्चिममा जस्तै पूर्वमा पनि एमालेको त्यस्तै लहर चल्छः नेता खनाल

  • शनिबार, असार १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

इलाम, १० असार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारको लाचारीपनले गर्दा प्रदेश नं २ को चुनाव सरेका आरोप लगाउनु भएको छ ।

इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनाव नै गर्न नदिने नियतले निर्वाचन सारिएको बताउनु भयो ।

दोस्रो चरणको निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्दै उहाँले भन्नुभयो , “पश्चिम क्षेत्रमा त नेकपा एमालेको जनलहर देखियो, अब पूर्वमा पनि एमालेको त्यस्तै लहर चल्छ,” ।
उहाँले संविधान कार्यान्वयनका लागि पनि तोकिएकै समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अपरिहार्यता रहेको आँैल्याउनुुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।

देशको स्वतन्त्रता र सार्वभौमसत्ता, लोकतन्त्रको संस्थागत विकास, सामाजिक रूपान्तरण, संस्कृतिको जगेर्ना र सन्तुलित विदेश नीति लिएर एमाले अघि बढ्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ