भारतका लागि नेपाली राजदूत उपाध्यायले योगी आदित्यनाथलाई भेट्नुको रहस्य !

भारतका लागि नेपाली राजदूत उपाध्यायले योगी आदित्यनाथलाई भेट्नुको रहस्य !

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, असार ९ ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले यहि साता उत्तर प्रदेशका मूख्य मन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरे । यो भेटसँगै भारत मामिला जानकार केही विश्लेषकहरुले उपाध्याय प्रत्यक्ष रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य उच्चस्तरीय नेताहरुसँग कुटनीतिक संवाद गर्नै सक्दैनन् भन्ने गरेको टिप्पणीको थप पुष्टि गरे ।
पछिल्ला उनका गतिविधिले पनि उपाध्यायमाथिका आरोपमाथि आसंका थपेको छ ।
दुई बर्षअघि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा राजुत रहेका उपाध्यायको कार्यशैली र अभिव्यक्तिलाई लिएर थुप्रै टिप्पणी भयो । यतिसम्म की, उपाध्यायले प्रभावकारी रुपमा ‘डिप्लोमेटिक डिलिङ’ गर्न सकेको भए अवस्था त्यस्तो नहुने धेरै राजनीतिक विश्लेषकहरु बताउँछन् । गत बर्षमात्रै काठमाडौंमा ‘लोडसेडिङ अन्त्य भएको जस भारतलाई दिनुपर्ने’ भन्दै उपाध्यायले अर्को विवादास्पद अभिव्यक्ति दिए । तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले राजदूतबाट फिर्ता बोलाए पनि फेरि भारतका लागि राजदूत बनेका उपाध्याय यस्ता थुप्रै राष्ट्रिय चासोको विषयमा चुकेका छन् ।्
गत बुधवार भारतको एक राज्यका मूख्य मन्त्रीसँग लखनउ पुगेर उपाध्यायले गरेको संवाद कुटनीतिक हिसावले कमजोर ठानिइएको मात्रै छैने यो विषयलाई विश्लेषकहरु प्रभावकारी मानेका छैनन् ।
भेटको क्रममा उनले योगी आदित्यनाथसँग नेपालसँग जोडिएका भारतीय धार्मिक तथा सांस्कृतिक सम्पदाको विषयमा चासो राखेका थिए । योगीले भने नेपाललाई आफूले सहयोग गरिरहने आश्वासन दिए ।
भेटको क्रममा योगीले उपाध्यायसँग सीमा क्षेत्रका नेपालीमाथिको दुब्र्यवहार रोक्ने आश्वासन दिएका थिए । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशका मूख्य मन्त्री आदित्यनाथको यस्तो अभिव्यक्तिले पनि के पुष्टि गर्छ भने, यसअघि सीमा क्षेत्रमा नेपाली नागरिकमाथि दुब्र्यवहार हुँदैआएको थियो ।
यसको पछि उपाध्यायको कुटनीतिक क्षमता र भमिकामाथि पनि नै भारतविज्ञ विश्लेषकहरुको आशंका थप बढेको छ । उनीहरुका अनुसार उपाध्यायले नेपालसँग जोडिएका समस्या दिल्लीबाटै समाधान खोज्नुपर्ने थियो । तर दिल्लीमा उनको कम भएकै कारण केन्द्रसँग राम्रो सम्बन्ध भएका आदित्यनाथको सहारा लिएको पनि बताइएको छ ।
दुई बर्षअघि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा राजुत रहेका उपाध्यायको कार्यशैली र अभिव्यक्तिलाई लिएर थुप्रै टिप्पणी भयो । यतिसम्म की, उपाध्यायले प्रभावकारी रुपमा ‘डिप्लोमेटिक डिलिङ’ गर्न सकेको भए अवस्था त्यस्तो नहुने धेरै राजनीतिक विश्लेषकहरु बताउँछन् । गत बर्षमात्रै काठमाडौंमा ‘लोडसेडिङ अन्त्य भएको जस भारतलाई दिनुपर्ने’ भन्दै उपाध्यायले अर्को विवादास्पद अभिव्यक्ति दिए । तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले राजदूतबाट फिर्ता बोलाए पनि फेरि भारतका लागि राजदूत बनेका उपाध्याय यस्ता थुप्रै राष्ट्रिय चासोको विषयमा चुकेका छन् ।्
भारत मामिला जानकार केही विश्लेषकहरु के भन्छन्, भने, उपाध्याय प्रत्यक्ष रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य उच्चस्तरीय नेताहरुसँग कुटनीतिक संवाद गर्नै सक्दैनन् । यस्तो टिप्पणीको थप पुष्टि उपाध्याय आफैँले प्रमाणि गर्दैआएका छन् । पछिल्ला उनका गतिविधिले पनि उपाध्यायमाथिका आरोपमाथि आसंका थपेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ