कन्फेडेरेशन कपको दुवै खेल बराबरीमा सकियो

कन्फेडेरेशन कपको दुवै खेल बराबरीमा सकियो

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, असार ९।
रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएका दुबै खेल बराबरीमा सकिएका छन् ।

दुई दावेदार टोलीबीचको भिडन्तमा जर्मनी र चिलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । चिलीका अलेक्सीस सान्चेजले पहिलो गोल गरेको खेलमा जर्मनीका लार्स स्टिण्डलले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

यो खेलपछि अलेक्सीस सान्चेज चिलीको लागि सर्वा्धिक गोल गर्ने खेलाडी बनेका छन् । आर्सनलका खेलाडी सान्चेजले अहिलेसम्म देशका लागि ३८ गोल गरेका छन् ।

यस्तै गएराति नै भएको अर्काे खेलमा क्यामरुन र अस्ट्रेलियाले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा क्यामरुनका आन्द्रे एन्गुईसाले पहिलो गोल गरेका थिए ।

तर दोस्रो हाफमा पाएको पेनाल्टी अवसरमा अस्ट्रेलियाका मार्क मिलिगानले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ