प्रचण्डले बल्ल सम्झिए देउवाले टाउकोको मूल्य तोकेको : भन्छन् , टाउकाको मूल्य तोक्नेले गणतन्त्र खतरामा पार्छन् !

प्रचण्डले बल्ल सम्झिए देउवाले टाउकोको मूल्य तोकेको : भन्छन् , टाउकाको मूल्य तोक्नेले गणतन्त्र खतरामा पार्छन् !

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

नेपालगञ्ज ८ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने बताउनु भएको छ ।

बाँकेको खजुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनु पर्ने बताउनु भएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका दाहालले माओवादी बलियो हुँदा मात्र परिर्वतन संस्थागत हुने बताउनु भयो । गणतन्त्र चाहियो भन्दा संकटकाल लगाएर टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुने उहाँको भनाई थियो ।

दाहालले आफ्नो नेतृत्वको सरकारले १० महिनामा लोडसेडिङ अन्त्य गर्नुका साथै आर्थिक वृद्धिदर हासिल गरेर देखाएको बताउनु भयो ।

यस्तै आजै अर्को कार्यक्रममा अध्यक्ष दाहालले नेपालगन्जलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन सकिने बताउनु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा आयोजित माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालगन्जबासी पहल गरेमा प्रदेश राजधानी नहुनु नपर्ने कारण नरहेको बताउनु भयो।

‘अहिले नै विराटनगर र वीरगन्ज सँगै नेपालगन्जलाई महानगर बनाउने हाम्रो सोच थियो तर पूर्वाधारको समस्या देखियो’, प्रचण्डले भन्नुभयो।

अध्यक्ष दाहालले नेपालगन्जको विकासमा आफूले अभिभाकत्वको ग्रहण गर्न तयार रहेको बताउनु भयो। उहाँले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि आफूहरुलाई अभिभावक बिहीन नसम्झन समेत आग्रह गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ