आफ्नो १० महिने प्रधानमन्त्री कालको अनुभव सुनाउँदै प्रचण्डले भन्नुभयो, ‘हिमाल, पहाड र तराई–मधेशको एकता बलियो पारिएको छ, महाकालीमा पुल, हुलाकी राजमार्ग, ओबिओआर, रेलवे लगायतका योजनाहरु सम्पन्न हुँदैछन्, नेपालमा उज्यालो युगको आरम्भ भएको छ । दुवै छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम गरिएको छ । यसलाई निरन्तरता दिन पनि माओवादीले जित्नुपर्छ, जिताउनु पर्छ । माओवादीले हार्यो भने फेरि नेपाल अध्याँरो युगमा धकेलिन सक्छ ।’
माओवादीका लागि सबै जाति, समुदाय, धर्म र भूगोल समान रहेको बताउँदै प्रचण्डले देशलाई एकताको एउटै मालामा उन्न सक्ने विचार मात्रै सक्कली राष्ट्रवाद भएको बताउनु भयो । कार्यक्रममा कटारी नगरपालिकाका मेयरका उम्मेदवार कृष्णप्रसाद बराल र उपमेयरका उम्मेदवार मीना कोइरालाले नगरको विकासबारे आफ्नो प्रतिवद्धता राख्नुभएको थियो ।
रामपुर, बेल्टार, गाइघाट र कटारीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलबाट विद्रोह गरी २०० जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्डले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।