कन्फेडेरेशन कपमा आज राति जर्मनी र चिली विच प्रतिस्पर्धा हुदै

कन्फेडेरेशन कपमा आज राति जर्मनी र चिली विच प्रतिस्पर्धा हुदै

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, असार ८ ।
रुसमा जारी कन्फेडेरेशन कप फुटबल अन्तर्गत आज राति पनि दुइ खेल हुदै छ । आज हुने पहिलो खेलमा क्यामरुन र अष्ट्रेलिया विच प्रतिस्पर्धा हुदै छ ।

यी दुइ टोली विचको खेल नेपाली समय अनुसार सेन्ट पिटर्सवर्गको स्टेडियममा राति सवा नौ बजे पछि सुरु हुने छ । आजै हुने दोस्रो खेलमा जर्मनी र चिली विच प्रतिस्पर्धा हुदै छ ।

यी दुइ टोली विचको खेल नेपाली समय अनुसार राति सवा १२ बजे पछि सुरु हुने छ । पहिलो खेलमा जर्मनीले अष्ट्रेलियालाई ३–२ ले हराएको थियो भने चिलीले क्यामरुनलाई २–० ले पाखा लगाएको थियो ।

यस्तै गएराति भएका खेलमा पोर्चुगल र मेक्सिको विजयी भएका छन् । युरोपियन च्याम्पियन पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो । खेलमा पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा उत्तर अमेरिकी च्याम्पियन मेक्सिकोले ओसियाना समूहको च्याम्पियन न्युजिल्याण्डलाई २÷१ ले पराजित गरेको छ । मेक्सिकोलाई जिताउन राउल जिमिनेज र ओरीबे पेराल्टाले एक एक गोल गरे ।

न्यूजिल्याण्डका क्रिस उडले सुरुवाती गोल गरेका थिए । खेलपछि समुह ए बाट सेमिफाइनल पुग्ने समिकरण रोचक बनेको छ ।दुई खेलबाट ४–४ अंक बटुलेका मेक्सिको र पोर्चुगल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानको रुसको ३ अंक रहेको छ । अन्तिम खेलमा रुस र मेक्सिको तथा पोर्चुगल र न्युजिल्याण्ड भिडेपछि सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ