वडा अध्यक्ष पदका उम्मेदवारमाथि आक्रमण

वडा अध्यक्ष पदका उम्मेदवारमाथि आक्रमण

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

इटहरी, ७ असार । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इटहरी उपमहानरपालिका– ९ का वडा अध्यक्ष पदका उम्मेदवार श्याम पोख्रेलमाथि गएराति आक्रमण भएको छ ।

इटहरी– ८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा गएराति ९ः३० बजे उहाँमाथि साङ्घातिक आक्रमण भएको हो । कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका तीन जनाको समूहले उहाँलाई रोकेर मासु काट्न प्रयोग गरिने दाउबाट प्रहार गरि फरार भएको पीडित पोख्रेलले बताउनुभयो ।

दाउको प्रहारबाट पाख्रेलको ढाडमा चोट लागेको उम्मेदवारका दाजु एवम् राप्रपा इटहरी नगरसभापति राम पोख्रेलले जानकारी दिनुभयो । उम्मेदवार पाख्रेलमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ