सुरक्षा संयन्त्रको रिपोर्ट , दाङमा कम्युुनिष्ट पार्टीबाट सुरक्षामा चुनौती छ (कुन कुन मतदानस्थलमा चुनौती सुचीसहित)

सुरक्षा संयन्त्रको रिपोर्ट , दाङमा कम्युुनिष्ट पार्टीबाट सुरक्षामा चुनौती छ (कुन कुन मतदानस्थलमा चुनौती सुचीसहित)

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

दाङ, ७ असार ।
दोस्रा चरणको स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले दाङका चार वटा मतदानस्थललाई अतिसंवेदनशील, १३६ वटालाई संवेदनशील ११ वटा मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ ।

यसपटक जिल्लामा निर्वाचनको समयमा सबैभन्दा बढी सुरक्षा चुनौतीको रुपमा नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई लिएको छ ।

अन्य चुनौतीका रुपमा नेपाल–भारतको खुल्ला सिमाना, सडकको पहुँच नहुनु, निर्वाचन बिथोल्न सक्ने समूह र विगतका गतिविधिलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सर्तकता अपनाएको हो ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिने निर्वाचन सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिनुभयो ।

दाङमा चुनावका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरीलाई परिचालन गरेर चुनावलाई शान्तिपूर्ण बनाउने सुरक्षा योजना बनाइसकेको उहाँले बताउनुभयो । त्यसैगरी निर्वाचनमा नेपाली सेनाले मतदानस्थल वरिपरि गस्ती गर्ने छ र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सुक्ष्मरुपमा अध्ययन गर्ने जनाइएको छ ।

दाङमा स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदानस्थल, ३५१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुईवटा उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा गरी दुई लाख ९१ हजार १५० मतदाता छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ