चितवन, असार ७ ।
नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चारकिलोमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलेको छ ।
ईच्छाकामना गाउँपालिका–६ को कालीखोला र चारकिलोमा आज बिहान दुई बजे ठूलो पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो हटाएपछि बिहान सात बजेपछि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुई वटा डोजरले बाटो खुलाएको बताइएको छ । बाटो खुलेसँगै रोकिएका गाडी गन्तव्य तर्फ लागेका छन् । तर अहिले गाडीको भने चाप छ । निमार्णको काम भइरहेकाले यो सडकखण्डमा पहिरो जाने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline