काठमान्डौ ,असार ७।
नेपाल कम्युष्टि पार्टीले अदालतको आदेश पछि रिहा गरिएका आफना नेता तथा कार्यकर्तालाई प्रहरीले वेवारिसे अवस्थामा खोलामा छाडेको प्रति विरोध जनाएको छ ।
गत बैशाख २९ गते पक्राउ परेका नेकपा सनसरीका जिल्ला सेक्रेटरी उदय राई सहित खड्ग राई , सुरज राई , सुरेश राई ,अमृत पतङवालाई धरान सेउती खोलामा लगी वेवारिसे अवस्थामा छोडिएको प्रति कम्युष्टि पार्टीले आपत्ती जनाएको हो ।
नेकपा सुनसरीका ईन्चार्ज प्रज्वलले आज बिज्ञप्ती जारी गर्दै प्रहरीको यस्तो गैर कानुनी अमानवीय व्यवहारको छानविन गर्न मानवअधिकारवादी संघ संस्था तथा अन्य सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभएको छ ।
साथै उहाँले गत जेष्ठ १० गते प्रहरीले विना कारण पक्राउ गरी धरानमा राखिएका मोहन कार्कीलाई पनि अविलम्ब रिहा गर्न माग गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनको खारेजीको अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पछिल्लो समय विभिन्न स्थानबाट पक्राउ परिरहेको अवस्थामा सो पार्टी आफ्नो नेताहरुलाई झुटा मुद्धा लगाइ पक्राउ गरेको भन्दै अविलम्ब रिहाइको माग समेत गरेको छ ।
