काठमान्डौं असार ७।
नेपाल भ्रमणमा रहेको चिनियाँ विदेश मन्त्री कोङ सोन्यु नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरवहादुर देउवा र उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्ण बहादुर महरासंग छुट्टाछुट्टै भेटवार्ता गर्दैछ ।
कोङ नेतृत्वको टोलीले सिंहदरवारमा अपरान्ह साढे ४ बजे प्रधानमन्त्री देउवा र त्यसअघि उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णवहादुर महरासंग भेटवार्ता गर्नुहुने बताईएको छ ।
सिंहदरवारमा अपरान्ह हुने छलफलमा दुईपक्षीय हितका विषयमा सामान्य छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँँ टोलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भनिएपनि आज हुने छलफल दुई पक्षिय हितमा मात्रै केन्द्रित हुने परराष्ट्र श्रोतले जानकारी दिएको छ ।
यसअघि परराष्ट्र मन्त्रालयमा हिजो भएको सचिव स्तरीय छलफलमा चिनियाँ पक्षले नेपाल संग सडक र रेल सञ्जालको प्रस्ताव गरेको छ ।
यस्तै दुईपक्षीय कुटनीतिक संयन्त्रलाई सक्रिय बनाउने विषयमा पनि बैठकमा छलफल भएको कुटनीतिक श्रोतले जनाएको छ ।