सडक र स्वास्थ्यचौकीको व्यवस्था गर्ने दललाई मत दिने समैजीका मतदाताहरुको भनाई 

सडक र स्वास्थ्यचौकीको व्यवस्था गर्ने दललाई मत दिने समैजीका मतदाताहरुको भनाई 

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

सपना सिंह/असार ६,डडेल्धुरा ।
स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला डडेल्धुरा–बैतडीको सिमानास्थित अनारखोलीका मतदाता भने यस अघिका निर्वाचनमा पटक–पटक दलीय नेतृत्वबाट सडक निर्माणको झुटो आश्वासन मात्र पाएको भन्दै रुष्ट बनेका छन । अजयमेरु गाउँपालिका–१ समैजीका मतदाताले निर्वाचनका बेलामात्रै आश्वासनको बाढी आउने गरेको तर बिकास निर्माणका काम भने केही नभएको आरोप लगाएका छन । खोड्पे–दशरथ चन्दमार्ग छेउमै रहेको अनारखोली बजारमा दिनहुँ चुनावी चर्चा चलेको हुन्छ ।

विसं २०५४ सालको निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी गराएकोे उक्त क्षेत्रका मतदाताले गाउँमा विकास निर्माणका कुरा त परै जाओस राज्यको उपस्थितिसम्म न्यून रहेकोमा राजनीतिक नेतृत्व प्रति आक्रोशित बनेका छन । गाउँमा बिरामी पर्दा समेत सात–आठ घण्टा पैदल हिँडेर डडेल्धुरा सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको छ । निर्वाचनमा मत माग्न आउने उम्मेदवारलाई सडक निर्माणदेखि स्वास्थ्य चौकी स्थापनासम्मका लिखित सम्झौता गराएर मात्रै मतदानमा जाने बताएका छन ।

त्यसैगरी दुर्गम मानिएका त्यहाँका समैजी, माली लगायतका गाउँँबाट जनप्रतिनिधि भएर जानेहरुले विकास निर्माणका लागि कुनै फलदायी कदम नचालेको आरोपसमेत उनीहरुको छ । डडेल्धुरा सदरमुकाम बागबजार लगायत पहाडी जिल्लाका सडक–मार्ग र सदरमुकाममा चुनावी रौनकमै अल्झिए पनि ग्रामीण भेगका मतदाता भने निर्वाचनसँगै गाउँमा विकासको लहर आउनेमा अझै आशावादी छन ।

चौध सय ९५ मतदाता रहेको अजयमेरु गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट दत्तीसिंह भण्डारी, नेकपा एमालेबाट जितराज भट्ट, नेकपा माओवादी केन्द्रबाट वीरेन्द्रसिंह भण्डारी र राष्ट्रिय जनमोर्चाबाट कलावती भण्डारीले उम्मेदवारी दर्ता गराएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ