अदालतको आदेशपछि कम्युनिष्ट पार्टीका सुनसरी सेक्रटरी सहित ५ जना रिहा , प्रहरीले सर्दुखोला लगेर बेबारिसे अबस्थामा छाड्यो

अदालतको आदेशपछि कम्युनिष्ट पार्टीका सुनसरी सेक्रटरी सहित ५ जना रिहा , प्रहरीले सर्दुखोला लगेर बेबारिसे अबस्थामा छाड्यो

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

सुनसरी ,६ असार ।
नेपाल कम्युनिष्ट पार्टीका ५ जना नेता कार्यकर्ता आज रिहा भएका छन् ।

गत बैशाख २९ गते बराहा ८ को पुलाहबाट पक्राउ परेका नेकपा सनसरीका जिल्ला सेक्रेटरी उदय राई सहित खड्ग राई , सुरज राई , सुरेश राई ,अमृत पतङवालाई आज रिहा भएका हुन् ।

अधिवत्ता निराजन ओझाले दायर गरेको बन्दि प्रत्यक्षिकरणको मुदामा इनरुवाको जिल्ला अदालतले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न आदेश दिएपछि प्रहरीले आज पाचँ जनालाई रिहा गरेको हो ।

आदालतले आज दोस्रो पटक दिएको आदेशपछि प्रहरीले धरानको सर्जु खोलामा पुर्याई बेबारिसे अवस्थामा छाडेको हो । उनीहरुलाई छाडिएको करिब ४ घण्टा पछि मात्रै परिवारको सम्पर्कमा पुगेको जनाईएको छ ।

यसअघि दुई दिन पहिले नै अदालतले उनीहरुलाई रिहा गर्न आदेश दिएपनि प्रहरीले छाडेलगत्तै ६ जनालाई भने पुन गिरफ्तार गरेको थियो । नेकपा कार्यकर्ता मिना राजधामिलाई भने सोहि दिन छाडेको थियो ।

अदालतको पहिलो आदेशमा गत आईतवार रिहा गरेको र पारिवारीक सम्पर्कमा नआएको भनेपछि मिर्मिरे अनलाईले सुनसरीको जिप्रकामा सम्पर्क गर्दा सबैलाई परिवारको जिम्मा लगाएर छाडिसकिएको बताएको थियो ।

अर्का नेकपा कार्यकर्ता मोहन कार्कीलाई भने प्रहरीले अझै नियन्त्रणमा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ