भरतपुर वडा नम्बर १९ को सुनुवाई आज !

भरतपुर वडा नम्बर १९ को सुनुवाई आज !

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाणडाै  ,६ असार ।  सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाई गर्दै छ ।

यसअघि कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको सुनुवाई अन्य मुद्दाको चाप र समय अभावका कारण आजका लागि सारिएको थियो । सुनुवाई पटक पटक सरेपछि भरतपुर महानगरपालिकाको निर्वाचन अन्यौलमा परेको छ ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि मतगणनास्थल अनाधिकृत कब्जा भएको पुष्टि गर्दै निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

भरतपुर वडा नम्बर १९ का एमालेका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो । मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ