उम्मेदवारी फिर्ताका लागि समय अाज

उम्मेदवारी फिर्ताका लागि समय अाज

  • मङ्लबार, असार ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाणडाै, ६ असार ।

दोस्रो चरणमा निर्वाचन हुने स्थानीय तहमा उम्मेदवारी दर्ता गराएकाको उम्मेदवारी  फिर्ताका लागि निर्वाचन आयोगले आज बिहान  ११ बजेसम्मको समय तोकेको छ ।

उम्मेदवारी मनोनयन फिर्ता लिन चाहने उम्मेदवारले आज बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता पछि आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गर्ने तयारी रहेको प्रवत्ता सुर्यप्रसाद शर्माले बताउनुभयो ।

हिजो दर्ता भएका उम्मेदवारी मनोनयन विवरण अनुसार ७ पदका लागि ६६ हजार ९ सय २३ जनाको उम्मेद्वारी परेको छ । आगामी १४ गते हुने दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ । ती स्थानबाट १५ हजार ३८ जनप्रतिनिधी चुनिने आयोगले जनाएको छ । ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताले मतदानमा भाग लिन पाउनेछन् ।

निर्वाचनका लागि कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएको छ । प्रदेश नम्बर १ मा एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन् । प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिका सहित १ सय ९ स्थानीय तह छन् । प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित कुल ८८ स्थानीय तह छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ