काठमाडौं, असार ५ । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको बिबाह निश्चित भएको छ ।
यी दुई प्रेमका कारण खुबै चर्चामा आए पनि केही समय पछि ब्रेकअप भएका खबरहरु प्रकाशित भए ।
निशा र शरद भने न त यस बारेमा बोले न त मिडियाको सामु सँगै आए । यसरी उनीहरु एकअर्कासँग सार्वजनिक नहुनुले सबैलाई उनीहरु साँच्चिनै एकअर्काबाट अलग भएको भान भयो ।
तर सार्वजनिक रुपमा एकअर्कासँग नदेखिएपनि निशा र शरदको माया भने झन् बढी झांगिँदै गएको थियो । बरु उनीहरुले त सबैलाई सरप्राईज दिने सोच बनाएका रहेछन् । यसैको परिणाम हो उनीहरुको विवाह । निशा र शरदले असार १८ गते विवाह गर्ने भएका छन् ।
पारिवारिक माहोलमा भव्य समारोहसहित हुने उनीहरुको विवाहको कार्ड छाप्ने कार्य पनि सम्पन्न भएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline