प्रेमगीत २ को ट्रेलर सार्वजनिक,ट्रेलर आउट कार्यक्रममा कट्टुका चर्चा , निर्माता र नायकवीच नै कुटाकुट

प्रेमगीत २ को ट्रेलर सार्वजनिक,ट्रेलर आउट कार्यक्रममा कट्टुका चर्चा , निर्माता र नायकवीच नै कुटाकुट

  • सोमवार, असार ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, असार ५ । ‘प्रेमगीत २’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ । काठमाडौंमा विशेष कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको हाे ।

ट्रेलर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्रिया र प्रशंसा पनि आउन थालेके छ ।  कार्यक्रममा पत्रकारको प्रश्न जवाफमा केही रमाईला कुरा पनि भएका छन् । खासगरी ट्रेलरमा निर्माता सन्तोष सेन र नायक प्रदीप खड्काले फाइटको सिनमा लगाएको कट्टु परिर्वतनको विषयमा पत्रकारले सोधेको जवाफ निर्माता सन्तोष सेनले दिँदा माहोल रमाइलो भएको थियो ।

सेनको बोल्ने शैली साधारण र सिधा भएको कारण केही कुराले माहोल रमाइलो भएको हो । जुन कुरा भिडियोमा हेर्न सक्नुहुन्छ ।

के छ त ट्रेलरमा

विशेष गरी प्रेम र यात्रासँग सम्बन्धित विषयमा बनेको यो सिनेमामा नेपालको मुर्मादेखि थाइल्याण्ड बर्मासम्मको सुन्दर दृश्यलाई प्रस्तुत गरीएको छ । नायक प्रदिप खड्का र निर्माता सन्तोष सेनको द्वन्द्वले सिनेमाको ट्रेलरलाई थप रोमाञ्चक बनाएको छ । पुरुषोत्तम प्रधानको सिनेमेटोग्राफीले जादू गरेको छ । नायक प्रदीप खड्काको मिहिनेत देखिएको छ । नेपाली सिनेमाको गुणस्तर एउटा बलिउड सिनेमाको जतिकै बनाउन सकिन्छ भन्ने ट्रेलरबाट देख्न सकिन्छ । दर्शकले युट्युबमा राम्रै प्रतिक्रिया दिइरहेको बेला सिनेमा ट्रेलरमा जतिकै राम्रो छ कि छैन भन्ने धेरैको चासो भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी