दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता

दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता

  • आइतवार, असार ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ४ असार ।
आगामी असार १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुदैछ । दोस्रो चरणमा प्रदेश नम्बर ४, ५ र ७ का ३५ जिल्लामा निर्वाचन हुदैछ ।

उम्मेदवारी दर्ताका लागि बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्मको समय तय गरिएको छ भने आजै साँझ उम्मेदवारको सुची प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारको बिरोधमा उजुरी दिन भोली बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ । यस्तै आयोगले पर्सी असार ६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुासर पर्सी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ भने सोही दिन नै उमेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरिनेछ ।

एक महानगरपालिका र सात उपमहानगरपालिसहित तीन सय ३४ स्थानीय तहमा १५ हजार ३८ प्रतिनिधि चयनका लागि आगामी असार १४ गते निर्वाचन हुनेछ ।

निर्वाचनका लागि देशभर आठ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ ६६ हजार ९०० कर्मचारी खटिने निर्वाचन व्यवस्थापनका लागि खटिनेछन् । दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ