अन्य थुप्रै कलाकारको भिडमा एउटा छुट्टै पहिचान बोकेको नाम हो सिमान्त सन्तोस

अन्य थुप्रै कलाकारको भिडमा एउटा छुट्टै पहिचान बोकेको नाम हो सिमान्त सन्तोस

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ ,३ असार ।

कलाकारहरु मध्ये छाेटाे समयमा चर्चित बनिसकेका गायक सिमान्त सन्तोषले २०७४  सालको जन्म दिन भने मनाउन पाएनन् । प्राय कलाकारले आफ्नो केहि न केहि आफ्ना कला दर्शक तथा स्रोताहरुलाई उपहार भनेर दिने गर्दछन् ।

तर सिमान्तले भनेअाफुलाइ छाेडेर जाने प्रेमिका लाई मिठाे गित उपहार दिएका छन् त्यो पनि विशेष गरि अाफ्नाे जन्म दिन मा । ।खुसियाली बाँडफाँड गर्ने दिन जन्म दिन तर गायक सिमान्तलाई भने अाफ्नि प्राणभन्दा प्यारि प्रेमिकाले उनकाे जन्मदिनमा छोडेको कुरा गितमा भनेका छन् र गायक सिमान्त सन्तोषले पुन जन्मदिनमा वियोगान्तक गीत लिएर दर्सकसामु आएका छन् ।  जन्मदिनमा रमाइलो गर्ने वेलामा उनले प्रेमिकाले छोडेको पिडामा वियोगान्तक गीत लिएर आएका हुन् ।

विगत ३ वर्ष देखि थुप्रै गीत गाएर छोटो समयमै दर्शकको मन मष्तिकमा बस्न सफल सन्तोषले आखिर किन आफ्नो जन्मोत्सवमा वियोगान्तक गीत लिएर आए त ? के सिमान्तकी प्रेमिकाले उनलाई छोडेकै हुन त भन्ने प्रश्नमा ‘अहिलेचाहीँ यो विषयमा केही नभनौ’ भन्ने उनकाे भनाइ छ।

सन्तोषको ‘छुटाइ गयौ किन कुन्नी, दुई मुटुको नातालाई’ शिर्षक गित पनि सार्वजनिक भइसकेकाे छ।नयाँ गित उनलेे आफ्नो जन्मदिनको अवसरमा गत बिहिबार युट्युव मार्फत सार्वजनिक गरेका छन् । पूर्वको छापाबाट गायन क्षेत्रमा होमिएका गायक सिमान्त सन्तोष स्टेज प्रर्फमेन्समा माहिर मान्निछन् ।

उनले स्टेजमा बिभिन्न राजनीतिज्ञहरुका साथै चर्चित कलाकारहरुको क्यारिकेचर पनि गर्ने गर्छन् । गीतमा आफैँ मोडलिङ गर्ने गरेका उनले ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गरेका थिए। सिमान्त छिट्टै नै ‘दुर्गाले मुर्गा बनाई’ , ‘जहाँ छौ प्रिय तिमी’ जस्ता गीत दर्शकमाझ ल्याउने तयारीमा छन् ।

आफ्नो पहिलो गीत ‘मेरो दिल दुखायौ के पायौँ’बाटनै श्राेतामाझ अाइ मन जित्न सफल भएका सिमान्त झापाको बनीयानी कचनकवल–६मा जन्मिएर हाल काठमाडौंलाई कर्मथलो बनाउदै अाएका छन्। सन्तोषले छोटो समयमै नेपाली साङ्गीतिक वजारमा आफ्नो छुट्टै परिचय बनाएका छन् ।

नेपाल तथा भारतका बिभिन्न स्थानमा थुप्रै स्टेज प्रस्तुती दिएका उनका थुप्रै गीत मध्ये ‘तिमी पुजाकी थालि हौ ’, ‘हेरिदेउन छड्के छड्के’, जस्ता गीत बढी रोजाईका गीत बनेका छन् । ‘कलाकारिता क्षेत्रमै रहेर देशका लागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले यो क्षेत्रमा आएकाे हुँ, मान्छे जन्मेको मर्न र प्रकृतिको नियमित प्रक्रिया पुरा गर्न मात्रै हैन मानव भएपछि कुनै बिशिस्ट कार्य गर्न एउटा कुनै क्षेत्र चाहिन्छ त्यो क्षेत्र मैले कलाकारितालाई रोजे’ भन्छन् सन्तोष ।

उनी भन्छन् मलाई याे संसारमा छुट्टै छाप छाेड्नुछ यसैले जन्म दिन भएपनि प्रेमिकाले धाेका दिएपनि मेरो लक्ष्य साङ्गितिक यात्रा हाे। नेपाली गीत सङ्गीतको फाँटले उनको स्वरबाट थुप्रै मिठा मिठा गीतहरु पाओस् र उनकाे प्रगति उचाइमा पुगाेस शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी