दोस्रो चरणको निर्वाचनको तयारी पुरा , मनोनयन दर्ता भोली बिहान ८ बजेदेखि अपरान्ह ४ बजे सम्म

दोस्रो चरणको निर्वाचनको तयारी पुरा , मनोनयन दर्ता भोली बिहान ८ बजेदेखि अपरान्ह ४ बजे सम्म

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं , असार ३ ।
निवार्चन आयोगले आगामि असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

मनोनयन दर्ताको अघिल्लो दिन आज राजधानीको कान्तिपथस्थित केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचनमा एक महानगर सहित ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुने जानकारी दिनुभयो ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदान प्रक्रियामा भाग लिने आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वा्चित हुनेछन् ।

निर्वाचनका लागि ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

दोश्रो चरणको निर्वाचनमा सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी खटिने प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो ।
साथै उहाँले निर्वाचनमा आवश्यक पर्ने सबै सुरक्षा व्यवस्था मिलाउन सरकारले प्रतिबद्धता व्यक्त गरेको पनि बताउनु भयो ।

आयोगले निर्वाचनमा मनोनयन दर्ताका लागि भोली बिहान ८ बजेदेखि अपरान्ह ४ बजे सम्मको समय तोकेको छ ।

त्यस्तै मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले प्रति मतदान केन्द्रमा कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्ताका दरले ८ हजार ३ सय ५० कर्मचारीलाई परिचालन गरेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ