मुलुकलाई समाधान दिनका लागि निर्वाचन सारिएको हो : महरा

मुलुकलाई समाधान दिनका लागि निर्वाचन सारिएको हो : महरा

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

दाङ, २ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताउनुभएको छ ।

नेकपा(माओवादी केन्द्र)ले घोराही– १३ मा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले त्यस्ता तत्वलाई जनताले परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहको निर्वाचन हुनु माओवादीका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै माओवादी केन्द्रका नेता महराले कार्यसूचीका आधारमा माओवादी केन्द्रले विजय हासिल गरिसकेको जिकिर गर्नुभयो । उहाँले मधेस केन्द्रित दललाई पनि सहमतिमा लिएर मुलुकलाई समाधान दिनका लागि २ नं प्रदेशको निर्वाचन सारिएको स्पष्ट गर्नुभयो । “निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने यसलाई हामीले त्यति ठूलो बनाउनु हुँदैन”, उहाँले भन्नुभयो, “सारिएको मितिभित्र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिनेछ ।”

परराष्ट्रमन्त्री महराले नेपालले छिमेकी मुलुकबीच सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ