दमक ,२ असार ।
लामो समय देखी अरुण पुर्वका जिल्लामा क्रियाशिल रहेको कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले अरुणपूर्वका ९ जिल्ला सहित दाङमा राष्ट्रिय जनमुक्ति पार्टीसंग सहकार्य गरेर दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ। दुबै पार्टीले राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह ‘घर’ लिएर चुनाव लड्ने भएका हुन्।
चुनाव बहिस्कार गर्नुभन्दा चुनावलाई नै प्रयोग गर्दै आन्दोलनका रुपमा जनताको माझबाट बिश्वासको मत लिने लिम्बुवान मञ्चका केन्द्रिय उपमहासचिव दिलकुमार लावतीले जानकारी दिनुभयो। आफ्नो पार्टी चुनावमा सहभागी भएपनि मधेशबादी संघीय गठबन्धनको आन्दोलनलाई समर्थन गर्ने उहाले दमकमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
दुई पार्टीले आफूहरुको सहकार्य स्थानीय तहको निर्वाचनमा मात्र नभई अरु निर्वाचन सम्म रहने राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष मोहन धिमालले बताउनुभयो । पार्टि एकताको सम्भावना पनि रहेको बताउदै उहाले पहिचानवादी पार्टीहरु एक हुनु आवस्यक रहेको बताउनुभयो।
उनीहरुले अरुणपूर्वका ९ वटै जिल्लाको स्थानीय तहमा उम्मेद्वार तय समेत गरेका छन्। दुई पार्टीले दमक नगरपालिकाका बिभिन्न वडामा उम्मेद्वार समेत चयन गरेका छन्। उनीहरुले प्रमुख र उपप्रमुख सहित ६ र १० नम्बर वडा बाहेक सबै वडामा आफ्नो उम्मेद्वार चयन गरिसकेको छ।
यी दुई पार्टीले दमक नगरपालिकाको प्रमुखमा देउकुमार निङ्लेखु र उपप्रमुखमा साबित्रा गुरुङलाई उम्मेद्वार बनाएका छन्। यस्तै वडा नम्बर १ को अध्यक्षमा उदिमान तुम्रोक, २ नम्बर वडाअध्यक्षमा रमिला धिमाल, ३ को वडाध्यक्षमा शेखर चपागाई, ४ को वडाअध्यक्षमा जयप्रकाश धिमाल, वडानम्बर ५ को वडाध्यक्षमा विजयसिं थापा मगर, वडा नम्बर ७ को वडाअध्यक्षमा गुमानसिंह सम्वाहाम्फे, वडा नम्बर ८ को अध्यक्षमा चन्द्रबहादुर कन्दङ्वा र ९ नम्बरको वडाअध्यक्षमा रामसिंह तामाङ् लाई उम्मेद्वार बनाउने निणर्य गरेको लावतीले बताउनुभयो।