अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारदेखि हुने

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारदेखि हुने

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, २ असार ।

आइडब्लुएफएन कराते डो सङ्घको आयोजनामा प्रथम आइडब्लुएफएन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारदेखि हुने भएको छ ।

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्ने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष लक्ष्मण लम्सालले जानकारी दिनुभयो । च्याम्पियनसिपमा कुमुतेको पुरुषतर्फ १४ र महिलातर्फ १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
पुरुष÷महिलाको र समूहगत कातामा पनि खेल हुनेछ । उक्त च्याम्पियनसिपका लागि नेपाल र अन्य राष्ट्रबाट दुई दुई सय गरी ४०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दुईदिने उक्त प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी