२ असार, काठमाडौं ।मोडलिङ इन्डस्ट्रीकै ‘ह्याण्डसम बई’ कमल सिङ एक पछि अर्को गर्दै मोडलिङमा जम्दै छन्। अभिनय र नृत्यमा माहिर कमलको हालै मात्र कान्छीले नामक म्युजिक भिडियो सार्वजनिक भएका छन्।
उनले यस अघि पनि थुप्रै भिडियोमा अभिनय गरिसकेका छन्। ‘कान्छीले’ म्युजिक भिडियोमा पाएको सफलताले भने यति बेला उनी आफै पनि दङ्ग छन्।
सङ्गस नेपाल मार्फत अपलोड गरिएको उक्त भिडियोको कमेन्ट बक्समा “कमल आइ लभ यू,कमल इज असम” भन्ने शब्दावाली धेरैले दोहो¥याएको पाइन्छ।
हुनपनि उनको जीबन्त अभिनय र नृत्यले गर्दा यति बेला ‘कान्छीले’ बोलको म्युजिक भिडियो चर्चाको शिखरमा छन्। बिलकुलै नयाँ फ्येबरको गीतमा गायक अजय तामाङ्गको शब्द,स्वर र संगितको समिश्रण रहेको छ भने संगित संयोजन सन्तोष प्रगाडले गरेका हुन्।
उक्त गीतको म्युजिक भिडियाको निर्देशन सन्तोस राजवाहक, छायाङ्कन ज्ञानेन्द्र शर्मा, सम्पादन टेकेन्द्र शाहले गरेका छन्।
‘कान्छीले’ म्युजिक भिडियो हेर्न यो लिङ्ग क्लिक गर्नुहोला