प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप

प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

जनकपुरधाम, २ असार ।

राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता पक्षले सङ्घर्षलाई सङ्ख्याका आधारमा मापन गरी मधेसको मुद्दालाई पटक÷पटक कमजोर र ओझेलमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भयो ।

निर्वाचनका बारेमा सरकारसँग राष्ट्रिय जनता पार्टीको कुनै सहमति नभएको पनि उहाँले स्पष्ठ पार्नुभयो ।

नेता यादबले आफूहरू निर्वाचनको विरोधी शक्ति नभए पनि मधेसको माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै सभ्यता, पहिचानको सङ्घर्षलाई सङ्ख्याको आधारमा मापन गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले आन्दोलनलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन पार्टीको आजको बैठकबाट निर्णय गरिने जानकारी पनि दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ