च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र पाकिस्तानको भिडन्त हुने , कस्ले मार्ला बाजी ?

च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र पाकिस्तानको भिडन्त हुने , कस्ले मार्ला बाजी ?

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी, असार २ ।
भारत इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई ९ विकेटले पराजित गर्दै साविक विजेता भारत फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई जिताउन सुरुवाती ब्याट्सम्यान रोहित शर्माले शतकीय पारी खेले । २ सय ६५ रनको लक्ष्य पछ्याएको भारतले ४० ओभर एक बलमा जित हात पारेको थियो ।

ओपनर द्वय शिखर धवन र रोहित शर्माले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । धवन ४६ रन बनाउदै पेभेलियन फर्केपछि कप्तान विराट कोहली ब्याटिङमा आएका थिए ।

कोहली र रोहितले दोश्रो विकेटको लागि अविजित १ सय ७८ रनको साझेदारी गर्दै भारतलाई ९ विकेटको जित दिलाए । रोहितले अविजित १ सय २३ रन बनाउँदा कोहलीले अविजित ९६ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २ सय ६४ रनको योगफल तयार पारेको थियो । उसका लागि तमिम इकबालले ७० रन बनाउदा मुश्फिकर रहिमले ६१ रनको योगदान दिए ।

भारतले अब च्याम्पियन्स ट्रफीको उपाधिका लागि पाकिस्तानको सामना गर्नेछ । पहिलो सेमिफाईनलमा इंग्ल्याण्डलाई पाखा लगाउँदै पाकिस्तान फाईनलमा पुगेको थियो । फाइनल खेल आगामी आइतबार नेपाली समयानुसार अपरान्ह तीन बजे लण्डनस्थित दि ओभलमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी