काठमाडौं ,२ असार ।
सरकारले प्रदेश २ को निर्वाचन तीन महिना सार्दै अन्य तीन प्रदेशको चुनावमा सहभागी हुन आग्रह गरेपछि आन्दोलनरत दल राजपाले त्यस विषयमा आज निर्णय गर्ने भएको छ ।संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिलगायत मागलाई पूर्वसर्तका रूपमा अघि सारेर निर्वाचनलक्षित आन्दोलन घोषणा गरेका राजपा नेताहरूले निर्वाचन सार्ने निर्णयमा आफ्नो समर्थन नरहेको भन्दै माग पूरा नभई निर्वाचनमा नजाने संकेत दिएका हुन् । अध्यक्षमण्डलका नेता अनिलकुमार झाले पार्टीको आज बस्ने बैठकमा छलफल हुने बताउनुभयो ।
आजको बैठकले ुविशेष निर्णयु लिने जानकारी दिँदै उहाँले चुनाव स्थगित भएको २ नं। प्रदेशका कार्यकर्तालाई समेत १, ५ र ७ को आन्दोलनमा परिचालन गर्ने बताउनुभयो । २ नं। प्रदेशबाहेक अन्यत्र आगामी दिनका कार्यक्रम झनै सशक्त र प्रभावकारी हुनेछन्, उहाँले भन्नुभयो, २ नं। प्रदेशमा झैँ अन्यत्र पनि असोज वा उपयुक्त मितिमा चुनाव सार्न आफूहरूले गरेको माग सम्बोधन नभएकाले आन्दोलनको विकल्प रहेन ।
राजपाका महासचिव केशव झाले आफूहरूको माग प्रदेश नं २ र ५को चुनाव स्थगन भएको र त्यो पूरा नभएकाले ५ नं. प्रदेशमा चुनाव स्थगित गराउन अपनाउने रणनीतिका सम्बन्धमा अध्यक्षमण्डलले विशेष निर्णयु गर्ने बताउनुभयो ।
सत्तारुढ दल र सत्तासमर्थक राजपाका शीर्ष नेताबीच बिहीबार बसेको बैठकले प्रदेश २ को निर्वाचन तीन महिनापछि असोज २ गते गर्ने निर्णय गरेको थियो । बैठकले प्रदेश १, ५ र ७ को निर्वाचन आसार १४ गते नै गर्ने तर निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय दुई दिनपछि असार ४ गते आइतबार गर्ने सहमति गरेको थियो ।
गृहमन्त्री जनार्दन शर्माले सुरक्षाका हिसाबले सबै प्रदेशमा निर्वाचन गर्न सकिने स्थिति भए पनि राजनीतिक सहमतिका आधारमा २ नं. प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने विषयमा सहमति भएको बताउनुभयो । यसअघि सत्तारुढ दल र निर्वाचन आयोगबीचको छलफलमा आयोगले सकेसम्म निर्वाचनको मिति तेस्रो चरणमा नपुर्याउन सुझाव दिएको थियो ।