प्रदेश नम्बर २ को निर्वाचन असोज २ मा गर्ने सरकारको निर्णय

प्रदेश नम्बर २ को निर्वाचन असोज २ मा गर्ने सरकारको निर्णय

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, असार १ । सरकारले प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले असोज २ मा प्रदेश नम्बर २ को चुनाव गर्ने निर्णग गरेको हो ।

बिहीबार नै दिउँसो बसेकाे सत्तारुढ दल र मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टीका नेताहरु बीच भएको बैठकमा प्रदेश नम्बर २ को चुनाव असार १४ गतेबाट पछि सार्ने सहमति भएको थियो । त्यही सहमति अनुसार चुनाव असाेज २ गते गर्ने सरकारले निर्णय गरेको हो ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आग्रहअनुसार प्रदेश नम्बर–२ मा स्थानीय तहको निर्वाचन असोजमा तोक्ने निर्णय गरेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।

बैठकले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता यही असार २ गतेको सट्टा असार ४ गते सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा राजपाको सहभागिताका लागि उम्मेदवार मनोनयनको मिति दुई दिन पछाडि सारेको जनाइएको छ ।

प्रदेश नम्बर–१, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले बिहीबारै प्रदेश नम्बर–२ को निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका थिए ।

प्रदेश नम्बर–३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ