च्याम्पियन्स ट्रफीको फाइनल प्रवेशका लागि आज भारत बंगलादेशबीच प्रतिस्पर्धा हुदै

च्याम्पियन्स ट्रफीको फाइनल प्रवेशका लागि आज भारत बंगलादेशबीच प्रतिस्पर्धा हुदै

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ १ असार ।
इङ्लयाण्डमा जारी च्यामिपयन्स् ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज बंगालदेश र भारतबीच प्रतिस्पर्धा हुदैछ ।

खेल नेपाली समय अनुसार अपरान्न साव ३ बजेपछि लन्डनस्थित बर्मिङ्घम रंगलाशालामा हुनेछ । बंगलादेश समुह ए को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

वर्षाबाट प्रभावित खेलमा इङ्ल्याण्डले अस्ट्रेलियालाई हराएपछि बंगलादेश आइसिसीको कुनैपनि प्रतियोगितामा पहिलो पटक अन्तिम चारमा पुगेको हो ।

उपाधि दावेदार भारत र विश्व क्रिकेटमा उदाएको नयाँ प्रतिद्धन्द्धी बंगलादेशबीचको खेल रोचक हुने देखिएको छ । बंगलादेशका कप्तान मासरफ मोर्टाजाले आफ्नो टीम दवावमा रहेर नखेल्ने बताएका छन् ।

बंगलादेश यसअघि सन् २०१५ मा भएको विश्वकपको क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो भने गत वर्षको वल्र्ड ट्वान्टी ट्वान्टीमा पनि भारतसँग एक अंकले पछि परेको थियो ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा आयोजक इङ्ल्यान्डलाई ८ विकेटले पाखा लगाउँदै पाकिस्तान प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले खेलमा एक बल बाँकी छँदा अलआउट हुनुपुर्व २ सय ११ रन बनायो । उसका लागि जो रुटले ४६ रन तथा जोनी बेयरस्टोले ४३ रनको योगदान दिए ।

पाकिस्तानका लागि हसन अलीले ३ तथा जुनेद खान र रुमन रईसले २–२ विकेट लिए । जवाफमा २ सय १२ रनको चुनौती पाकिस्तानले ३८ औं ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

पाकिस्तानका लागि सुरुवाती ब्याट्सम्यानहरु अझर अलीले ७६ रन तथा फाखर जमानले ५७ रनको योगदान दिए । पाकिस्तानले उपाधिका लागि अब उपाधिका लागि आजको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ