निर्वाचन सार्ने सरकारको प्रस्ताव , आयोगद्धारा ठाडै अस्वीकार

निर्वाचन सार्ने सरकारको प्रस्ताव , आयोगद्धारा ठाडै अस्वीकार

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ,१ असार ।

सरकारले तराई मधेसका केही जिल्लामा अर्को चरणमा निर्वाचन गर्नेबारे आज निर्वाचन आयोगका पदाधिकारीसंग परामर्श गरेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री जनार्दन शर्मा तथा आयोग पदाधिकारीबीच भएको बैठकमा राजपालाइ निर्वाचनमा ल्याउने उपायबारे छलफल भएको थियो ।

केही स्थानमा अर्को चरणमा निर्वाचन गर्ने सत्तासाझेदार दलले गरेको प्रस्तावमा आयोग पदाधिकारीले भने असहमति जनाएका छन् । यसअघि पटक पटक मिति सारिसकिएको भन्दै आयोग पदाधिकारीले अब पनि सार्दै गए संघ र प्रदेशको निर्वाचन समेत प्रभावित हुन सक्ने बताएका थिए ।

राजपा निर्वाचनमा आउने अबस्थामा केहि स्थानमा अर्को चरणमा निर्वाचन गर्न सकिने भन्दै सत्तासाझेदार दलले आज त्यसवारे आयोग पदाधिकारीसंग छलफल गरेका हुन ।
प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले असार १४ गते निर्वाचनका लागी सम्पुर्ण तयारी सकिएको भन्दै गृहमन्त्रालयले पनि सुरक्षा अवस्था मिलाउने आश्वासन दिएकाले भोलीबाट निर्वाचन प्रक्रिया अघि बढने बताउनुभएको थियो ।

प्रमुख आयुक्त यादवले पछि पनि सहज वातावरण सृजना हुने ग्यारेन्टी नभएको भन्दै निर्वाचन नसार्न सुझाव दिनुभएको बैठकमा सहभागी आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ