एजेन्सी जेठ ३१।
अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्याण्ड फ्रान्ससँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इंग्ल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा नवौं मिनेटमा ह्यारी केनको गोलबाट इंग्ल्याडले अग्रता लियो । तर २२ औं मिनेटमा स्यामुएल उमटटी तथा ४३ औं मिनेटमा जिब्रिल सिदिबेले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता लियो ।
४७ औं मिनेटमा राफेल वाराने रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फ्रान्स १० खेलाडीमा सीमित भयो । ४८ औं मिनेटमा केनले पेनाल्टी मार्फत गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए ।
तर ७८ औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३–२ को जित दिलाए । यस्तै गएराति नै भएका अन्य खेलमा कोलम्बियाले क्यामरुनलाई ४–०, रोमानियाले चिलीलार्य ३–२ तथा जाम्बियाले दक्षिण अफ्रिकालाई २–१ ले हराएको छ ।
नर्वे र स्वीडेनले १–१ तथा इन्डोनेसिया र पोर्टो रिकोले गोलरहित बराबरी खेलेका छन् ।