काठमाण्डौ ,३० जेठ ।
पछिल्लो राजनीतिक विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दैछ । सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बस्ने बैठकमा राष्ट्रिय जनता पार्टी राजपालाई निर्वाचनमा सहभागी गराउने विषयमा छलफल हुने बताइएको छ ।
राजपालाई केन्द्रित गरेर सरकारले स्थानीय तहको निर्वाचन पटक पटक सारेपनि माग सम्वोधन नभएको भन्दै राजपाले निर्वाचनका कार्यक्रम नै बिथोल्ने गरी आन्दोलन सुरु गरेपछि प्रमुख तीन दलबीच छलफल हुन लागेको हो ।
निर्वाचन आयोगले तोकेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनलाई लक्षित गरेर राजपाले आमहड्तासम्मको कार्यक्रम सुरु गरेको छ ।
बैठकमा निर्वाचनको तयारी, राजपाको आन्दोलन र माग लगायत बिषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अघि संविधान संशोधन नहुने स्पष्ट पार्दै निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गर्दै आउनुभएको छ ।