एएफसी एसियन कप : नेपालले यमनसँग अंक बाड्यो

एएफसी एसियन कप : नेपालले यमनसँग अंक बाड्यो

  • मङ्लबार, जेष्ठ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं ,जेष्ठ ३० ।
एएफसी एसियन कप छनौट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोल रहित बराबरी खेलेको छ ।

राजधानीको हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेल बराबरीमा सकिएपछि छनौट खेलमा नेपालले पहिलो अंक जोडेको छ ।
योसँगै सन् २०१९ मा हुने एसियन कप फुटवल खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।

अधिकांश खेल आफ्नो नियन्त्रणमा राखेपनि नेपालले गोल गर्न भने सकेन । गोल गर्ने करिब आधा दर्जन सुनौला अवसर नेपालले खेर फालेको थियो ।

बिपक्षीका ७ वटा प्रहार असफल बनाएका नेपालका गोलकिपर किरण चेम्जोङ म्यान अफ द म्याच घोषित भए । नेपाल पहिलो खेलमा फिलिपिन्ससंग ४–१ ले पराजित भएको थियो भने यमनले ताजाकिस्तानलाई २–१ ले हराएको थियो ।

नेपाल सहित ४ टोली सहभागी समुह एफबाट शीर्ष स्थानमा रहने २ टोली आसन्न एसियाकपका लागी छनौट हुनेछन् । छनौट चरणको आफ्नो अन्तिम खेलमा नेपालले ताजाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी