काठमाडौ ,३० जेठ ।
एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिता अन्तरगत नेपालले आज यमनविरुद्ध खेल्दैछ । खेल अपरान्न ३ बजेपछि राजधानीको हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुनेछ ।
यसअघि भएका पहिलो खेलमा हारेकाले दुवै टोली आज जीत आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ । नेपाल घरेलु मैदानमा घरेलु समर्थकका साथ उच्च मनोबलका साथ मैदान उत्रदैछ ।
तर नेपालले यसअघि यमनसँग खेलेका खेलमा सबैमा हार बेहोरेको छ । सन् २००० मा कुवेतमा भएको खेलमा नेपाल यमनसँग ३–० ले पराजित भएको थियो भने त्यसको १४ वर्षपछि दोहामा भएको मैत्रीपूर्ण खेलमा पनि नेपालले २–० को पराजय भोगेको थियो ।
शरिरीक रुपमा बलिया यमनी टोली आज पनि जीत आफ्नो पक्षमा पार्ने रणनितिमा हुनेछ । नेपाल रहेको समुहमा यमनका साथै ताजकिस्तान र फिलिपिन्स पनि रहेका छन् ।
यसअघि भएका खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको थियो भने यमन ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो ।