कांग्रेस मेयर उम्मेदवारको गाडी तोडफोड, मधेस विरोधी भन्दै एमाले सांसदमाथि ढुंगामुढा

कांग्रेस मेयर उम्मेदवारको गाडी तोडफोड, मधेस विरोधी भन्दै एमाले सांसदमाथि ढुंगामुढा

  • मङ्लबार, जेष्ठ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

बाँके, जेठ ३०।
बाँकेको नेपालगञ्जमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले चुनावी प्रचार प्रसारमा प्रयोग गरेका गाडी माथि तोडफोड भएको छ ।

आज बिहान त्रिभुवन चोकमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डाक्टर सुरेशकुमार कनौडीयाले प्रयोग गरेका बा १४ च १३८७ नम्बरको जीपमा तोडफोड भएको हो ।

प्रहरीले तोडफोडमा संलग्न रहेको भन्दै राजपा नेता ललित रौनीयारलाई पक्राउ गरेको छ ।

उता महोत्तरीको औरही गाउँपालिकामा नेकपा एमालेका सांसद चढेको गाडी माथि पनि ढुङ्गामुढा प्रहार भएको छ । महोत्तरी क्षेत्र नम्बर ५ का एमालेका सांसद दिपनारायण साह सवार गाडी बन्दमा चलाएको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले आज विहानै ढुङ्गामुढा प्रहार गरेका छन् ।

बर्दिबास औरही जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताहरुले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् ।

ढुङ्गामुढाबाट सांसद साहको गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ