मोहन बमलाई जुडोमा स्वर्णपदक

मोहन बमलाई जुडोमा स्वर्णपदक

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २९ जेठ । अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको ४२ औँ अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्णपदक हात पारेका छन् ।

आज सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्णपदक हात पारेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । उनले अस्ट्रेलियाकै एडमन्ड युनसँग मिलेर स्वर्ण जितेका हुन् । पाँच जोडी सहभागी उक्त स्पर्धामा उनीहरुले सर्वाधिक ८१ प्रतिशत अङ्क ल्याएका थिए । मोहन र एडमन्डको जोडीले सो स्पर्धामा स्वर्ण जितेको यो लगातार चौथो पटक हो ।

अस्ट्रेलिया जुडो महासङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको पुरुष ६० केजीमा पनि मोहन कास्यपदक जित्न सफल भए । उनले पश्चिम अस्ट्रेलियाका ज्याकब रिडलाई पराजित गर्दै स्वर्णपदक हात पारेका हुन् । अस्ट्रेलियामै बस्दै आएका अर्का जुडो खेलाडी खेम थापाले पनि पुरुष ६० केजीमा कास्यपदक जित्न सफल भएको बताइएको छ । सो स्पर्धामा १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी