काठमाण्डौँ । चर्चित नायिका रेजिना उप्रेतीले गायक अजय तामाङको ‘कान्छीले’ नामक गीतको म्यूजिक भिडियो बिमोचन गरेकी छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा श्रष्टा प्रतिष्ठान नेपाल सप्रनेले आयोजना गरेको गीत बिमोचन एवम् विशेष कवि गोष्ठी कार्यक्रमकी प्रमुख अथिति समेत रहेकी उप्रेतीले ‘कान्छीले’को बिमोचन गर्दै स्रष्टा तामाङको प्रशंसा गरेकी थिईन् ।
उनले भनिन्,‘नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै गीत संगीतहरू निर्माण भैरहेका छन्, यसैमा गायक अजय जीले आफ्नै शब्द, संगीत तथा स्वरमा ‘कान्छीले’ बोलको गीत बजारमा ल्याउनु भएको छ, यो गीत निक्कै मिठो छ।’
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा सभापति अमृता स्मृतिले गायकलाई सांगितिक यात्रा सफल पार्नको लागि आफु र आफ्नो संस्था लागीपर्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै गायक अजय तामाङले गीतको बारेमा सकारात्मक सुझाव दिनको लागि सबैमा अनुरोध गरेका छन् । उक्त गीतको निर्देशन सन्तोस राजवाहक, छायाङ्कन ज्ञानेन्द्र शर्मा, सम्पादन टेकेन्द्र शाहले गरेका छन् भने उक्त गीतमा कमल सिँह र अक्षेता राईले अभिनय गरेका छन् ।
कार्यक्रमममा बिकु लामा, उर्मिला थपलियाले गीतको बारेमा शुभकामना दिएका थिए । कार्यक्रममा गजलकार कमल संघर्ष, यात्री प्रकाश पाण्डे, कवि सोझो गाउँले, सुनिता खनाल लगायतले आफ्ना रचना वाचन गरेका थिए । सुस्मिता जिज्ञासुले कार्यक्रम सञ्चालन गरेकी थिन् ।