अदालतले छाडिदियो जुगुँ घटनाका अभियुक्त , पिडित अान्दाेलित

अदालतले छाडिदियो जुगुँ घटनाका अभियुक्त , पिडित अान्दाेलित

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चरीकोट ,२९ जेठ ।

गत वैशाख २६ गते माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच भएको झडपमा परी ज्यान गुमाउनुभएका कुलबहादुर तामाङको परिवार अदालतले अन्याय गरेको भन्दै अान्दाेलीत बनेका छन् ।

पीडित सदरमुकाम चरीकोटमा न्याय माग्न आइपुगेका छन् । घटनामा सम्लग्न पक्राउ तामाङको परिवारले पक्राउ परेकालाई जिल्ला अदालतले छाडिदिएपछि अन्याय गरेको आरोप लगाएको छ ।

पक्राउ परेका सबैलाई जेठ २६ गते साधारण तारेखमा केही दिनअघि अदालतले छाडेपछि मृतकका परिवार आफूलाई अन्याय भएको भन्दै सदरमुकाम चरीकोट आएका हुन् । गौरीशंकर गाउँपालिका १ हुप्पा घर भएका मृतक तामाङ वडा सदस्यका उम्मेदवार बुबा गोरे तामाङको निर्वाचनको प्रचारप्रसारमा हिँड्नुभएको थियो । सुरुमा माओवादी केन्द्रमै आबद्ध तामाङको परिवार निर्वाचनको केही समयअघि मात्र एमाले प्रवेश गरेको थियो । मृतकका बुबा गोरेले आफ्नो छोरालाई राजनीतिक प्रतिशोध साँध्ने बदनियतले आक्रमण गरी हत्या गरेको भन्दै दोषीमाथि कारबाहीको माग गर्नुभएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।

मृतकका बुबाले जारी गरेको अपिलपत्रमा घटनाका मुख्य योजनाकार माओवादी केन्द्रकी नेता एवं पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा आफ्नो छोरालाई मारेको भन्दै नेत्री खड्कासहित ३९ जनाको नाममा किटानी जाहेरी दर्ता गर्नुभएको थियो । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई साधारण तारेखमा छाड्ने आदेश गरेको विषयले आफूलाई विचलित बनाएको उहाँले बताउनुभयो।

अदालतको यस्तो आदेशले न्याय मरेको र पीडितले सम्मानित अदालतको भरोसामा रहने दिन सकिएको अनुभूति आफुहरूले गरेको उहाँको भनाइ छ । अदालतले अन्याय गरेको भन्दै आइतबार सदरमुकाम चरीकोटमा मौन र्‍यालीसमेत निकालिएको छ । र्‍यालीले सातदोबाटो चोक ‍हुँदै जिल्ला अदालतको परिक्रमा गरेको थियो ।

यता माओवादी केन्द्रले भने एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई फसाउन खोजेको भन्दै एक साताअघि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय दोलखामा ध्यानाकर्षणपत्र बुझाएको थियो । माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक गोपाल पाण्डेले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा दुई पार्टीबीच चुनावी प्रचारका क्रममा झडप हँदा घाइते तामाङलाई एमाले कार्यकर्ताले नै मारेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ