कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक संगीत क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक बिमल डाँगी र सरिता डाँगीको सुमधुर आवाजमा गीतकार कवियत्री शान्ता अधिकारी घिमिरेको मर्मस्पर्सी लोकदोहोरी गीत ” के छ खबर यू. यस. तिरको”बजारमा आएको छ ।बिमल डाँगीको उत्कृष्ट लय र कवियत्री शान्ता अधिकारी घिमिरेको मार्मिक शब्द सृजनामा बजारमा आएको गीतलाइ विन्ध्यवासिनी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ। चर्चित मोडल सारिका केसी र गौतम महेन्द्रको उत्कृष्ट अभिनयमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन सुजन साहीले गरेका हुन् ।गीत निकै मार्मिक बनेर बजारमा आएको छ ।
भिडियो हेर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=w47xAyZjAas]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline