एसियन प्रिमियर लिग क्रिकेट आगामी असार ६ गतेदेखि नेपालमा हुने , एसियाका ६ वटा देश सहभागी हुदै

एसियन प्रिमियर लिग क्रिकेट आगामी असार ६ गतेदेखि नेपालमा हुने , एसियाका ६ वटा देश सहभागी हुदै

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, जेठ २८।
एसियाका ६ वटा देशका टिम सहभागी हुने एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ ।
क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाब (भारत)को आयोजनामा आगामी असार ५ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल सहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् ।

लिग चरणमा उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका सबै १९ वटा खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।

प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

विभिन्न देशका उदयमान खेलाडीलाई अवसर प्रदान गर्नुका साथै क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ