बंगलादेश च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल प्रवेश

बंगलादेश च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल प्रवेश

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ २८ जेठ ।
अस्ट्रेलिया बमहिरिएसँगै बंगलादेश च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा अस्ट्रेलिया इग्ल्याण्डसँग पराजित भएपछि बंगलादेश समूह ‘ए’ बाट उपविजेता बन्दै प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।

यसअघि नै अन्तिम ४ मा पुगिसकेको इंग्ल्याण्डले डकवर्थ लुइस नियमका आधारमा अस्ट्रेलियालाई ४० रनले पराजित भएको हो ।

२ सय ७८ रनको लक्ष्य पछ्याएको इग्ल्याण्डले ४० ओभर २ बलमा ४ विकेट गुमाएर २ सय ४० रन बनाएको अवस्थमा वर्षाका कारण खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा इंग्ल्याण्ड विजयी भएको हो ।

इंग्ल्याण्डका लागि बेन स्टोकले नटआउट १ सय २ तथा इयान मोर्गनले ८७ रन बनाए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ट्राभिस हेडको ७१, एरोन फिन्चको ६८ र स्टिभ स्मिथको ५६ रन मद्दतमा २ सय ७७ रन बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी