मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुन्छन् : ओली

मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुन्छन् : ओली

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

नेपालगन्ज , २८ जेठ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरुद्धको षडयन्त्रलाई प्रतिरोध गरेर तराई मधेशमा पनि पार्टीलाई पहिलो बनाउने दावी गर्नु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको उम्मेदवार घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्षले ओलीले तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने बताउनु भयो ।

उहाँले एमालेलाई पराजित गरेर देशलाई कमजोर पार्न चाहनेहरु नै एमाले तराई मधेशमा बडारिन्छ भन्ने भ्रम फैलाइरहेकोको पनि बताउनुभयो ।

शान्ति ,सदभाव र राष्ट्रिय स्वाभिमान चाहने तराई मधेशका जनताले एमालेलाई भोट दिने बताउदै अध्यक्ष ओलीले मुलुकमा सदभाव कायम गर्ने,विकास समृद्ध गर्ने पार्टी एमाले मात्रै भएको दाबी गर्नु भयो ।

असार १४ गते निर्वाचन सार्ने कुरा कुनै हालत स्वीकार्य नहुने भन्दै उहाँले निर्वाचन अघि स्थानीय तहको सख्यामा कुनै थपघट नहुने स्पष्ट पार्नु भयो ।

उहाँले उम्मेदवार नपाएर असन्तुष्ट रहेका कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनमा होमिन पनि निर्देशन दिनु भयो । ‘

उहाँले नेपालगन्जको मेयरको उम्मेदवारमा समसुद्धिन सिद्धिकी र उपमयेरमा शान्ती ढकालको नाम घोषणा गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ