काठमाडौ ,२८ जेठ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तिहको चुनावमा सहभागी भएर आफूलाई सहयोग गर्न गरेको आग्रहलाई राष्ट्रिय जनता पार्टीले अस्वीकार गरेको छ ।
सिंहदरबारमा आज बिहान बसेको सत्तारुढ दल काग्रेस माओवदी केन्द्र र राजपाको संयुत्त बैठकमा प्रधानमन्त्री देउवाले गरेको उक्त आग्रह अस्वीकार गर्दै आन्दोलनमा जाने घोषणा गरेको हो ।
बैठकबाट फर्किएलगत्तै राजपा आन्दोलन घोषणाको लागि बैठक गरिरहेको छ ।
राजपाका नेता अनिल झाले आजको बैठकमा पनि आफुहरुले मधेसका मुद्दा सम्बोधन नभएसम्म चुनावमा सहभागी हुन नसक्ने प्रष्टयाएको जानकारी दिदै आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको बताउनु भयो ।
‘मलाई चुनाव गर्न दिनुस,तपाईहरुले चुनाव सहभागी भएर मलाइ सहयोग गर्नुस’ प्रधानमन्त्री देउवाको भनाई उघृत गर्दै राजपाका अर्का एक नेताले भने ‘हामीले तपाईलाई सहयोग गर्न चाहदा चाहदै पनि हाम्रा मुद्दा सम्बोधन नभएका कारण हामीले सहयोग गर्न नसक्ने भयौ भनेर पनि बताएका छौ ।’ देउवालाई प्रधानमन्त्री हुन राजपाले पनि समर्थन गरेको थियो ।
राजपाका नेताहरुले देउवालाई वार्ताका लागि आफू आन्दोलनकै क्रममा पनि तयार रहेको जनाउ दिनु भएको छ ।