काठमाण्डौ ,२७ जेठ ।
मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सार्न माग गरेको छ ।
सिंहदरवार स्थित प्रधानमन्त्री कार्यलयमा आज भएको सत्तारुढ दल नेपाली काग्रेस र माओवादी केन्द्रसँगको छलफमा सहभागी राजपाका शिर्ष नेताले आगामि असार १४ गतेको निर्वाचन केहि पर सार्न आग्रह गरेका हुन् ।
राजपा नेताहरुले निर्वाचनको मिति सारेर छलफल गरि आफुहरुलाई पनि निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए ।
सत्तारुढ दलले निर्वाचन नजिकिएकाले प्राविधिक कुनै बिषय भए निर्वाचन आयोगसँग छलफल गरेर अघि बड्न सकिने भन्दै निर्वाचन मिति भने सार्न नसकिने स्पष्ठ पारेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचनको मिति सार्न राजपाले गरेको आग्रहमा सहमती नभएकाले भोली सम्म थप छलफल गर्ने नेता श्रेष्ठले बताउनु भयो ।
बैठकमा सहभागी काग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचन मिति सार्नुपर्ने राजपा नेताहरुको अडानका कारा आज सहमती हुन नसकेको बताउनु भयो । यद्धपि राजपालाई निर्वाचनमा सहभागी गराउन वार्ता भने जारी राख्ने उहाँले बताउनु भयो ।
उता राजपाका नेता शरदसिंह भण्डारीले निर्वाचन मिति सार्ने प्रस्ताव नराखि आफुहरुका माग संबोधन गर्न सरकारको ध्यानाकर्षण आग्रह गरेको बताउनु भयो । उहाँले मधेशका मुद्धा संबोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने भन्दै माग संबोधन गरेर निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि हिजोको संसदको बैठकमा नवनिर्वाचित प्रधानमन्त्री शेरवहादुर देउवालाई बधाईदिने क्रममा पनि राजपाका नेताहरुले माग सम्बाधन नभए निर्वाचनमा सहभागी हुन नसक्ने बताएका थिए ।
संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि, शहिद घोषणा, घाईतेको उपचार र क्षतिपूर्ति लगायत माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी हुन नसक्ने राजपाको अडान कायमै छ । राजपालाई निर्वाचनमा सहभागी हुने बाटो खोल्दै सरकारले स्थानीय तह निर्वाचन ऐन सम्सोधन गरेपछि निर्वाचन आयोगले दलको नमुना दस्तखत बुझाउन पर्सि सोमवारसम्मको समय दिएको छ । १, २, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते हुने निर्वाचनका लागि आयोगले आगामी असार २ गते मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ ।