काठमाडौ २७ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । धुमवाराहीस्थित पार्टी कार्यलयमा दिउँसो १ बजे बस्ने बैठकमा दोस्रो चरणको निर्वाचन तयारी तथा उमेदवार छनोटका विषयमा छलफल हुनेछ ।
बैठकमा दोस्रो चरणमा निर्वाचन हुन लागेको ७ उपमहानगरपालिका साथै अन्य बाँकी रहेका स्थानीय तहमा उमेद्वार टुङ्गो लगाउने विषयमा छलफल हुने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
७ उपमहानगरमा उम्मेदवार चयनलाई लिएर एमालेमा विवाद देखिएको छ । आसन्न दोस्रो तहको निर्वाचनमा अन्य दलहरुसंग गर्न सकिने तालमेल र चुनावमा नेता र कार्यकर्ता परिचालनका बिषयमा पनि बैठकमा छलफल हुने ज्ञवालीले बताउनुभयो ।
दोस्रो चरणको निर्वाचनका लागि अधिकांश स्थानीय तहमा उम्मेदवारको घोषणा गरिसकेको एमालले विवादित केहि स्थानीय तहको भने केन्द्रबाटै टुंगो लगाउने तयारी गरेको हो ।